Psalm 110:3 जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।
Psalm 110:3 in Other Translations
King James Version (KJV) Thy people shall be willing in the day of thy power, in the beauties of holiness from the womb of the morning: thou hast the dew of thy youth.
American Standard Version (ASV) Thy people offer themselves willingly In the day of thy power, in holy array: Out of the womb of the morning Thou hast the dew of thy youth.
Bible in Basic English (BBE) Your people give themselves gladly in the day of your power; like the dew of the morning on the holy mountains is the army of your young men.
Darby English Bible (DBY) Thy people shall be willing in the day of thy power, in holy splendour: from the womb of the morning [shall come] to thee the dew of thy youth.
World English Bible (WEB) Your people offer themselves willingly in the day of your power, in holy array. Out of the womb of the morning, you have the dew of your youth.
Young's Literal Translation (YLT) Thy people `are' free-will gifts in the day of Thy strength, in the honours of holiness, From the womb, from the morning, Thou hast the dew of thy youth.
Read Full Chapter :
Psalm 110
Cross Reference
न्यायकर्ता 5:2
इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ!
भजनसंग्रह 96:9
पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर। पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
तीतस 2:14
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
गलाती 1:15
तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।
एफिसी 1:4
ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो।
हिब्रू 13:21
म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
प्रेरित 2:41
तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।
प्रेरित 4:4
तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
प्रेरित 4:30
प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”
प्रेरित 19:20
यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।
प्रेरित 21:20
जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।
रोमी 11:2
तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,
1 इतिहास 16:29
परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।
2 कोरिन्थी 8:12
तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन।
2 कोरिन्थी 8:16
म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।
2 कोरिन्थी 13:4
यो साँचो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घरीष्ठ्व उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँचो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।
फिलिप्पी 2:13
परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।
1 थिस्सलोनिकी 4:7
परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन।
प्रकाश 7:9
त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।
2 कोरिन्थी 8:1
अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो।
नहेम्याह 11:2
मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।
भजनसंग्रह 22:27
टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
इजकिएल 43:12
मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।
प्रेरित 1:8
तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
प्रेरित 2:33
यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।