1 John 3:19 त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई र्भत्सना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन सान्तवना गराउन सक्छौं।
1 John 3:19 in Other Translations
King James Version (KJV) And hereby we know that we are of the truth, and shall assure our hearts before him.
American Standard Version (ASV) Hereby shall we know that we are of the truth, and shall assure our heart before him:
Bible in Basic English (BBE) In this way we may be certain that we are true, and may give our heart comfort before him,
Darby English Bible (DBY) And hereby we shall know that we are of the truth, and shall persuade our hearts before him --
World English Bible (WEB) And by this we know that we are of the truth, and persuade our hearts before him,
Young's Literal Translation (YLT) and in this we know that of the truth we are, and before Him we shall assure our hearts,
Read Full Chapter :
1 John 3
Cross Reference
हिब्रू 10:22
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।
यशैया 32:17
त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।
यूहन्ना 18:37
पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?” येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
रोमी 4:21
आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।
रोमी 8:38
हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका
2 तिमोथी 1:12
त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छुइन। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ।
1 यूहन्ना 3:14
हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।
1 यूहन्ना 3:21
मेरा प्रिय मित्रहरु, यदि हाम्रो विवेकले हामीलाई र्भत्सना गर्दैन भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौ।
हिब्रू 6:10
परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
हिब्रू 11:13
यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।
यूहन्ना 13:35
यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
1 यूहन्ना 1:8
यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।