Deuteronomy 19:15-20 in Nepali
Deuteronomy 19:15
“यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
Deuteronomy 19:16
“कसैलाई चोट पुर्याउने अभिप्रायले एक जना मानिस झूठो साक्षी दिनु अघि आउनु सएछ।
Deuteronomy 19:17
यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।
Deuteronomy 19:18
न्यायकर्त्ताहरूले सावधानीसँग झगडामा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सएछन कतै गवाहीले झूटो बोलेको हो कि? यदि गवाही झूटो बोलेको पाए,
Deuteronomy 19:19
तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ।
Deuteronomy 19:20
अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।
Nepali Bible