Hebrews 13:7 आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।
Hebrews 13:7 in Other Translations
King James Version (KJV) Remember them which have the rule over you, who have spoken unto you the word of God: whose faith follow, considering the end of their conversation.
American Standard Version (ASV) Remember them that had the rule over you, men that spake unto you the word of God; and considering the issue of their life, imitate their faith.
Bible in Basic English (BBE) Keep in mind those who were over you, and who gave you the word of God; seeing the outcome of their way of life, let your faith be like theirs.
Darby English Bible (DBY) Remember your leaders who have spoken to you the word of God; and considering the issue of their conversation, imitate their faith.
World English Bible (WEB) Remember your leaders, men who spoke to you the word of God, and considering the results of their conduct, imitate their faith.
Young's Literal Translation (YLT) Be mindful of those leading you, who did speak to you the word of God, whose faith -- considering the issue of the behaviour -- be imitating,
Remember
Μνημονεύετε
mnēmoneuō
m-nay-moh-NAVE-oh
the
τῶν
ho
oh
them which have rule over
ἡγουμένων
hēgeomai
ay-GAY-oh-may
you,
ὑμῶν
hymōn
yoo-MONE
who
οἵτινες
hostis
OH-stees
have spoken
ἐλάλησαν
laleō
la-LAY-oh
unto you
ὑμῖν
hymin
yoo-MEEN
the
τὸν
ho
oh
word
λόγον
logos
LOH-gose
τοῦ
ho
oh
of God:
θεοῦ
theos
thay-OSE
whose
ὧν
hos
ose
considering
ἀναθεωροῦντες
anatheōreō
ah-na-thay-oh-RAY-oh
the
τὴν
ho
oh
end
ἔκβασιν
ekbasis
AKE-va-sees
τῆς
ho
oh
of conversation.
ἀναστροφῆς
anastrophē
ah-na-stroh-FAY
follow,
μιμεῖσθε
mimeomai
mee-MAY-oh-may
τὴν
ho
oh
faith
πίστιν
pistis
PEE-stees
Read Full Chapter :
Hebrews 13
Cross Reference
हिब्रू 6:12
अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
हिब्रू 13:17
आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
प्रेरित 14:23
तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।
हिब्रू 13:24
तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई नमस्कार भनिदिनू। इटालीयाबाट आएका सबैको नमस्कार।
1 तिमोथी 3:5
यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।
मत्ती 24:45
“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
श्रेष्ठगीत 1:8
तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।
1 थिस्सलोनिकी 5:12
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर।
2 थिस्सलोनिकी 3:9
यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुसरण गर, हामी आफ्नो हेरचाहकोलागी आफै खट्यौं।
प्रकाश 1:9
म यूहन्ना हुँ अनि म तिमीहरुको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।
प्रकाश 6:9
त्यो भेंडाको पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरु देखें। ती आत्माहरु ती मारिएका मानिसहरुका थिए किनभने तिनीहरु परमेश्वरको सन्देश अनि तिनीहरुले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए।
प्रकाश 20:4
तब मैले केही सिंहासनहरु जहाँ मानिसहरु बसेको देखें। यी मानिसहरु तिनीहरु थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरुको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरु येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरुले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरुले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरु फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार र्वष सम्म शासन गरे।
1 थिस्सलोनिकी 2:13
तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैं परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं।
लूका 8:11
यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।
रोमी 10:17
यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
1 कोरिन्थी 4:16
यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु।
1 कोरिन्थी 10:13
हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
फिलिप्पी 3:17
दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्।
1 थिस्सलोनिकी 1:6
अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आन्नदपूर्वक शिक्षा ग्रहण गर्यौं । त्यो आन्नद पवित्र आत्माले दिनुभएको हो।
लूका 12:42
प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
2 थिस्सलोनिकी 3:7
तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं।
1 कोरिन्थी 11:1
मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।मालिकको अधीनमा हुनु
प्रेरित 13:46
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
प्रेरित 7:55
तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले यशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।
प्रेरित 4:31
विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।