Genesis 47:13-26 in Nepali
Genesis 47:13
अनिकालको समयले अझ भयंकर रूप धारण गर्यो। त्यस भूमिमा कतै खाद्य वस्तुहरू थिएन। अनिकालको समयले गर्दा मिश्र र कनानको अवस्था सोचनीय भयो।
Genesis 47:14
त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए।
Genesis 47:15
केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”
Genesis 47:16
तर यूसुफले भने, “तिमीहरूले आफ्नो गाई-वस्तुहरू मलाई देऊ तब म अन्न दिनेछु।”
Genesis 47:17
यसर्थ मानिसहरूले आफ्नो सबै पशुहरूको बदलीमा खाद्यान्न किने। त्यस वर्ष यूसुफले मानिसहरूबाट भेडा, बाख्रा, घोडा र गधा लिए अनि तिनीरूलाई खाद्यान्न दिए।
Genesis 47:18
तर अर्को वर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन।
Genesis 47:19
अब हामी तपाईंको नजरको सामुनने मर्नेछौं। तर यदि तपाईंले हामीलाई अन्न दिनु भयो भने हामी फिरऊनलाई जमीन दिनेछौ र उनको कमारा कमारी हुनेछौं। हामीलाई अन्नको बीउ दिनोस् त्यसलाई छरेर हामी अन्न उब्जाउन सक्छौं। त्यसो भए हामी मर्दैनौ र बाँच्छौ” अनि हाम्रो निम्ति भूमिले फसल फेरि उब्जाउनेछ।”
Genesis 47:20
यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे।
Genesis 47:21
जहाँ सम्म साधारण मानिसहरूको कुरा छ, उनले तिनीरूलाई सम्पूर्ण मिश्रका शहरहरूमा घुमफिर गर्ने अनुमति दिए।
Genesis 47:22
पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।
Genesis 47:23
यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।
Genesis 47:24
“फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”मानिसहरुले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”
Genesis 47:25
यसर्थ यूसुफले त्यस समयमा एउटा नियम बनाए जुन आजसम्म चलिरहेको छ। त्यस नियमले यसो भन्छ “भूमिबाट उब्जेको प्रत्येक चीजको पाँच भागमा एक भाग चाहि फिरऊनको हो।
Genesis 47:26
पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”
Nepali Bible